साब्लाखुमा भएको आगलागीमा ५० लाखको क्षति

उज्यालो पोष्ट
तााप्लेजुङ,मंसिर १३ । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको केन्द्र साब्लाखुमा भञ्ज्याङमा शुक्रवार अपरान्ह भएको आगलागीमा ५० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण संकलन भएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक जटाशंकर यादवका अनुसार विद्युत् सर्ट भएर घरको सिरान तलाबाट लागेको आगोले ५० लाख बराबरको क्षति भएको विवरण संकलन भएको छ । शुक्रवार दिउँसो करिब ४ः३० बजे स्थानीय ३५ वर्षीय डेनी तामाङको घरमा आगलागी भएको थियो ।

प्रहरीका अनुसार तामाङको पाँच तले घरको छतमा भने जस्तापाताको ट्रस लगाइएको थियो । त्यही सिरानको तलाबाट लागेको आगो साँझ ६ः४० बजे नियन्त्रणमा आएको थियो ।

Similar Posts