गर्भनर पौडेल ताप्लेजुङ आउँदै
उज्यालो पोष्ट
ताप्लेजुङ,मंसिर १० । नेपाल राष्ट्र बैंकका गर्भनर प्राध्यापक डाक्टर विश्वनाथ पौडेल ताप्लेजुङ आउने हुनु भएको छ ।
गर्भनर पौडेलको उपस्थितिमा बिहीबार बिहान मेवाखोला हिल रिर्सोटमा सरोकारवालासंग अन्तरकृया कार्यक्रम हुन लागेको नेपाल बैंक लिमिटेड ताप्लेजुङका शाखा प्रवन्धक प्रकाश घिमिरेले जानकारी दिनुभयो । पौडेलले बुधवार इलामका सरोकारवालासंग छलफल गर्नु भएको छ ।
गर्भनर पौडेलसंग इलामका व्यवसायीले इलामको आर्थिक विकास र पर्यटन क्षेत्रका सम्भावना तथा चुनौति बारे छलफल गर्नु भएको नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष भीम चापागाँईले जानकारी दिनु भएको छ ।