|

विधुतीय ट्रान्सफर्मर चोरी अभियोगमा दुई पक्राउ

-उज्यालो पोष्ट
ताप्लेजुङ, कात्तिक ९ । ताप्लेजुङमा विधुतीय ट्रान्सफर्मर चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार चोरी भएको विधुतीय ट्रान्सफर्मरका केही सामानसहित उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा ३३ वर्षीय फुपुनाम्गे शेर्पा र ३९ वर्षीय आइतबहादुर लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीसमेत रहनुभएका बस्नेतका अनुसार ट्रान्सफर्मर चोरी अभियोगमा पक्राउ परेका शेर्पा मिक्वाखोला गाउँपालिका–४ साँवा र लिम्बू फक्ताङ्लुङ गाउँपालिका–१ सावादिनका हुन् ।
फुङ्लिङ नगरपालिका–२ नागेश्वरी आँपगाछीस्थित वाइबा इन्फ्राटेक प्रालिले जडान गरेको लोड सेन्टरअन्तर्गत ५० केभिए भएको विधुतीय ट्रान्सफर्मर चोरी गरेको अभियोगमा शेर्पा र लिम्बू पक्राउ परेका हुन् । प्रहरीका अनुसार विधुतीय ट्रान्सफर्मर एकसाता अघि अर्थात गत कात्तिक २ गते चोरी भएको थियो ।
चोरी भएको उक्त सामान र संलग्नको खोजी गर्ने क्रममा तामाको तार बेरिएको दुई रोल र दुई क्वेल बेरिएको तामाको तारसहित शेर्पा र लिम्बू पक्राउ परेका हुन् । यता पक्राउ परेका शेर्पा र लिम्बूमाथि जिल्ला अदालतबाट १० दिनको म्याद लिएर विस्तृत अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभयो ।

Similar Posts