असोज महिनामा पाथीभरामा २९,१७४ दर्शनार्थी

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज ३१ । २०८२ सालको असोज महिनामा ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा २९ हजार १ सय ७४ जना दर्शनार्थीले मन्दिरको दर्शन गरेका छन् ।

असोज महिनामा ३३ लाख ८२ हजार रुपैयाँ भेटि गणना भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले जानकारी दिनुभयो ।

क्षेत्र विकास समितिले असोज १२ गते २ लाख ७९ हजार,२७ गते १० हजार र असोज ३१ गते ३० लाख ९३ हजार गरी कुल ३३ लाख ८२ हजार रुपैयाँ क्षेत्र विकास समितिको नेपाल बैक लिमिटेड ताप्लेजुङ शाखाको खातामा जम्मा गरिएको जनाएको छ ।

 

Similar Posts