केन्द्रीय कारागारबाट फरार एक प्रतिवादी ताप्लेजुङमा पक्राउ

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज १२ । जेन जी आन्दोलनको क्रममा केन्द्रीय कारागार काठमाडौंबाट फरार भएका एक प्रतिवादीलाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ताप्लेजुङको फुङलिङ नगरपालिकास्थित दोखुका आयुष पालुङ्वा रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । फरार रहेका उनी फुङलिङ नगरपालिका वडा नं ६ आलुचौकस्थित साथीको घरमा लुकिछिपी बसेको गोप्य सूचनाका आधारमा प्रहरीले छापामारी पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख(डिएसपी)बेदप्रसाद गौतमले बताउनुभयो । उनलाई तत्कालका लागि ताप्लेजुङ कारागारमा राखेर त्यसपछि स्थानान्तरण गरिने प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आयुष माथि जबरजस्ति करणी मुद्दामा ८ बर्ष ६ महिना कैद सजाय तोकिएकोमा ५ बर्ष भुक्तान गरिसकेका उनी जेन जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार रहेका थिए ।