नेतृत्वको सम्म्मान सहित पार्टी पुर्नगठन हुनुपर्छ: भट्टराई

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज ९ । नेकपा एमालेका सचिव तथा पूर्व मन्त्री योगेशकुमार भट्टराईले पार्टीको अहिलेको नेतृत्वको सम्मानसहितको पार्टी पुर्नगठन अहिलेको प्रमुख आवश्यकता रहेको बताउनु भएको छ ।

पार्टीको मूल नेतृत्वसंग आफुहरु पनि लामो सयम संगसंगै रहेकोले यो बेला जस–अपसजको भागिदार आफुहरु पनि बन्नुपर्ने बताउँदै भट्टराईले गल्ति र कमीकमजोरीबाट पाठ सिक्दै पार्टी र आन्दोलनको पुर्नगठन गर्नुपर्ने बताउनुभयो । बिहीबार सामाजिक सञ्जालमा भिडियो र अडियो दुबै सन्देश जारी गर्दै विगठित प्रतिनिधिसभा सदस्य समेत रहेका भट्टराईले पार्टीको मूल नेतृत्वप्रति जबरजस्ति गरिएको प्रहारलाई अनुचित भन्नु भएको छ । उहाँले पुर्नगठन र रुपान्तरणको आवाजलाई पार्टीका सम्मानित नेताहरु माथिको प्रश्न वा अपमानको रुपमा अर्थ लगाउनु सर्वथा गलत हुने बताउँदै यस्तो ब्याख्या गर्नेहरुलाई नेतृत्वको सम्मानका बाधकको रुपमा औंल्याउनु भएको छ ।

संबिधानको रक्षा,सार्वभौमिकता,राष्ट्रिय एकता र स्वाभिमानको रक्षाका लागि यतिबेला नेकपा एमाले आवेग,आरोप,प्रत्यारोप प्रतिरक्षामा केन्द्रित हुने नभई सम्हालिएर वस्तुगत अवस्थालाई स्वीकार गर्ने साहसमा अडिनुपर्ने भट्टराईको भनाई छ । उहाँले भदौ २३ गते जेन जी आन्दोलन माथि तीव्र दमन भएको भन्दै त्यसको न्यायिक छानबिन हुनुपर्ने समेत बताउनु भएको छ । उक्त दिन भएको वर्वरतापूर्ण दमनको मौका छोपेर फरक स्वार्थ बोकेका गलत समूहहरुले जेन जी आन्दोलनलाई गलत ढंगले उपयोग गर्न समेत भ्याएको उहाँले बताउनु भएको छ ।

भट्टराईले जेन जी आन्दोलनका क्रममा श्रिंखलाबद्ध र संगठित घुसपैठ समेत भएको आरोप लगाउँदै त्यही घुसपैठका कारण जेन जी आन्दोलनको पवित्र उद्देश्य र माग विपरित कुटपिट,लुटपिट,तोडफोड,आगजानी जस्ता कार्य भएको दावी गर्नु भएको छ । उहाँले उक्त घुसपैठ र त्यसकै बलमा भएका गतिविधिको समेत छानबिनमा जोड दिएका छन् । आफुहरु माथि समेत अब हिड्ने बाटो बदल्छौ की उस्तै बस्छौ भन्ने प्रश्न उठीरहेको बताउँदै भट्टराईले भन्नु भएको छ‘असल मनशायले हाम्रा प्रयासहरु जारी थिए,होलान् तर सब ठीकठाक थिएन भन्ने कुरा भदौ २३ गतेले पुष्टी गरिसकेको छ,यो सत्यलाई हामीले स्वीकार्नु पर्छ’।

 

Similar Posts