| |

चाडपर्वका अवसरमा चामलको मूल्यमा छुट सुविधा

-उज्यालो पोष्ट
ताप्लेजुङ, भदौ २९ । नजिकिएको दसैँ तिहारसहित चावपर्वका अवसरमा चामलको मूल्यमा छुट सुविधा दिइएको छ । चाडपर्वको अवसरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बिक्री गर्दै आएको चामलको मूल्यमा छुट सुविधा दिएको हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङ शाखाका अनुसार चामलको साविक मूल्यमा प्रतिक्विन्टल ५०० रुपियाँ छुट गरिएको छ । शाखा प्रमुख शर्मिला मिश्रले चाडपर्व लक्षित छुट भएको मूल्यअनुसार सोमबारदेखि चामल बिक्री वितरण गर्न सुरु गरिने जानकारी दिनुभयो ।
शाखा प्रमुख मिश्रका अनुसार ताप्लेजुङमा अरुवा सोना मन्सुली र स्टिम जिरा मसिनो चामल मात्र बिक्री गर्ने गरिएको छ । उक्त दुई किसिमको चामलमध्ये सोना मन्सुलीको साविक मूल्यमा ५०० रुपियाँ छुट गरी प्रतिक्विन्टल पाँच हजार ९०० रुपियाँमा बिक्री गरिने भएको उहाँले जानकाी दिनुभयो । त्यस्तै स्टिम जिरा मसिनो चामल ५०० छुट गरी प्रतिक्विन्टल आठ हजार ५०० रुपियाँमा बिक्री गरिने छ ।
हालसम्म सोना मन्सुली प्रतिक्विन्ट छ हजार ४०० र स्टिम जिरा चामल नौ हजार रुपियाँमा बिक्री गरिँदै आएको थियो । दसैँ, तिहार, छठजस्ता चाडपर्वमा उपभोक्तालाई थोरै भए पनि सहुत्यत होस् भन्ने उद्देश्यले चामलको मूल्यमा छुट सुविधा दिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ ।

Similar Posts