खाद्यले सोमवारबाट छुट मूल्यमा चामल बिक्री गर्ने

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ २८ । खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेड ताप्लेजुङ शाखाले सोमवारबाट छुट सहितको मूल्यमा चामल बिक्री गर्ने भएको छ ।

खाद्यले हरेक बर्ष चाडपर्वमा छुट दिएर बिक्री बितरण गर्दै आइरहेको छ । शाखा प्रवन्धक शर्मिला मिश्रका अनुसार अरुवा सोना मन्सुली चामल र स्टिम जिरा मसिनो चामलमा प्रति क्विन्टल ५ सय रुपैयाँ छुट दिने भएको छ ।

मिश्रका अनुसार छुट अवधिभर अब अरुवा सोना मन्सुली चामल प्रति क्विन्टल ५ हजार ९ सय रुपैयाँ र स्टिम जिरा मसिनो चामल प्रति क्विन्टल ८ हजार ५ सय रुपैयाँमा बिक्री हुने छ ।

छुट हुनु भन्दा पहिले अरुवा सोना मन्सुली चामल प्रति क्विन्टल ६ हजार ४ सय र स्टिम जिरा मसिनो चामल प्रति क्विन्टल ९ हजार रुपैयाँमा बिक्री हुँदै आएको खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेड ताप्लेजुङ शाखाले जनाएको छ ।

छुट मूल्य २०८२ साल भदौ ३० गते देखि कात्तिक १० गतेसम्म कायम हुने छ ।

Similar Posts