प्रशासन कार्यालयलाई समग्र राज्य व्यवस्थाको जिल्लास्थित संयन्त्रको रुपमा स्थापित गर्न पहल गर्छु: प्रजिअ सेढाँई

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ १० । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँले जिल्ला प्रशासन कार्यालयलाई एक प्रशासनिक युनिट मात्र नभई समग्र राज्य व्यवस्थाको जिल्लास्थित संयन्त्रको रुपमा स्थापित गर्न उद्यत रहने बताउनु भएको छ ।
सोमवार यहाँको नयाँ प्रमुख जिल्ला अधिकारीको कार्यभार सम्हालेसंगै मंगलवार ताप्लेजुङका सञ्चारकर्मीसंगको परिचयात्मक कार्यक्रममा प्रजिअ सेढाँईले कानुन र आदेश परिपालनामा आफुले सम्झौता नगर्ने बताउनुभयो । तीन तहका सरकारबिचको समन्वय,विकास र सुशासनचिको तादम्यता र शान्ति सुव्यवस्था र अमनचयन कायम गर्ने बिषयलाई आफुले जिम्मेवारी र दायित्वको रुपमा बुझेकोले प्रजिअ सेढाँईले बताउनुभयो । आर्थिक विकास तथा सामाजिक विकासका अभियानहरुमा आफुले सहजकर्ताको रुपमा भूमिका निर्वाह गर्ने प्रजिअ सेढाँईको भनाई छ ।‘म जे भन्छु,त्यो गर्छु,त्यही भएर गर्न नसक्ने बिषयलाई पहाड बनाएर भन्न पनि भन्दिन’प्रजिअ सेढाँईले भन्नुभयो । उहाँले विगतमा भएका कामको निरन्तरता सँगै जिल्लाको समग्र सम्मुनतिका लागि आफुले पहलकदमी गर्ने विश्वास दिलाउनुभयो ।
पत्रकारिता पढाई र त्यसप्रतिको आफ्नो रुची प्रवल रहेको बताउँदै प्रजिअ सेढाँईले सूचनाको आदान–प्रदानमा कञ्जुस्याँई गर्नुपर्ने कुनै ठाउँ नरहेको समेत बताउनुभयो । विकास पत्रकारितालाई बलियो आत्मसाथ गर्ने हो ‘पित पत्रकाारिता’क्रमशःहराउँदै जाने उहाँको विश्वास छ । पत्रकारिता क्षेत्र समाज सुधारको सूचक भएको बताउँदै उहाँले समाजलाई सही दिशामा लैजान पत्रकारिता क्षेत्रले आफ्नो भूमिका बलियो र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । ताप्लेजुङका साझा समस्याप्रति आफुले जानकारी लिन थालेको र त्यसको व्यवस्थापन तथा समाधानमा समेत आफ्नो सक्रियता बृद्धि गर्ने सेढाँईको भनाई छ ।‘विगतमा पनि यहाँ राम्रै ढंगले सेवा प्रवाह भएको थियो,विगत भन्दा कम नहुने तर,केहि नयाँपन दिनेगरी आफुले प्रमुख जिल्ला अधिकारीको भूमिका निर्वाह गर्ने सेढाँईले बचन दिनुभयो ।
जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा र सम्पादन हुने कार्यमा आम सेवाग्राहीहरुको गुनासो नआउने गरी व्यवस्थापन गर्न आफुले कार्यकालभरी मेहनेत लगाउने प्रजिअ सेढाँईले बताउनुभयो । आफु लामो समय स्थानीय प्रशासनमा रहेर कार्य सम्पादन समेत गरेको आधारमा विकास र सुशासनकोबिचबाट समृद्धि खोज्न अग्रसर हुने प्रजिअ सेढाँईले बताउनुभयो । लमजुङ स्थायी घर हुनुभएका प्रजिअ सेढाँईसंग २५ बर्षभन्दा बढी समय निजामति सेवामा आवद्ध भएको अनुभव छ । यहाँका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको गृह मन्त्रालय सरुवा भएसंगै राष्ट्रिय परिचपत्र तथा पञ्जीकरण विभागबाट यहाँको नयाँ प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा आउनु भएको छ ।