ताप्लेजुङको फक्ताङलुङमा टिप्पर तमोर नदीमा खस्दा एकजना बेपत्ता

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ ९ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा मानिससंगै टिप्पर दुर्घटना भई तमोर नदीमा खस्दा एक व्यक्ति बेपत्ता भएका छन् ।

तमोर–५ जलविद्युत आयोजनाको टिप्पर चेकजाँच गर्ने क्रममा ग १ क ६३१८ नम्बरको टिप्पर र त्यसलाई चेकजाँच गर्ने तनहुँको सुक्ला गण्डकी गाउँपालिका वडा नं ४ बस्ने रमराज सुबेदीका छोरा अन्दाजी २४ बर्षिय सुदीप सुबेदी तमोर नदीमा परी बेपत्ता हुनु भएको हो । सुबेदी विद्युत कम्पनीमा मेकानिकल क्षेत्रमा काम गर्नुहुन्थ्यो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार फक्ताङलुङ गाउँपालिका वडा नं ६ लेलेपस्थित तमोर करिडोर सडक खण्डमा तमोर–५ जलविद्युत आयोजनाको ट्रिफर चेकजाँच गर्ने क्रममा मानिससहित टिप्पर सडकदेखि अन्दाजी २५ मिटर तल तमोर नदीमा खसेको हो ।

घटनाको जानकारी आउनासाथ प्रहरी चौकी लुङथुङबाट प्रहरी सहायक निरीक्षक टंक बस्नेतको नेतृत्वमा प्रहरी टोली परिचिालित गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

Similar Posts