कञ्चनजंघा आउने पर्यटकको संख्यामा उत्साहजनक बृद्धि

खगेन्द्र अधिकारी
ताप्लेजुङ असार २९ । कञ्चनजंघा हिमाल आउने पर्यटकको संख्यामा साविक भन्दा बृद्धि भएको पाइएको छ ।

आर्थिक वर्ष २०८० । २०८१ को तुलनामा आव २०८१। ८२ मा कञ्चनजंघा संरक्षण क्षेत्र आउने विदेशी पर्यटक बढेका हुन् । प्राकृतिक संरक्षणका लागि अन्तराष्ट्रिय संघ (आइयुसिएन ) ले आइतवार फुङलिङमा आयोजना गरेको कार्यक्रममा कञ्चनजंघा संरक्षण क्षेत्र कार्यालयका प्रमुख संरक्षण अधिकृत प्रमोद यादवले अघिल्लो आ.व को तुलनामा चालु आ.व मा कन्चनजंघा आउने विदेशी पर्यटक बढेको जानकारी दिनुभयो । उहाँका अनुसार आ .व २०८१। ८२ मा ५२ नेपाली सहित कुल १ हजार ३ सय २६ जनाले संरक्षण क्षेत्रको भ्रमण गरेका छन् । सार्क मुलुकका ३९ पुरुष र २ महिला गरी ४१ जनाले कञ्चनजंघा क्षेत्रको भ्रमण गरेका छन् ।

चालु आ.व मा ७ सय ७० पुरुष र ४ सय ६३ महिला गरी कुल १ हजार २ सय ३३ जनाले कञ्चनजंघाको भ्रमण गरेका छन् । नेपाल सहित सार्क राष्ट्रका नागरिकको भ्रमणलाई संरक्षण क्षेत्रले विदेशी पर्यटकको सूची भन्दा बाहिर राख्ने गरेको छ । आ.व २०८० । २०८१ मा कञ्चनजंघा क्षेत्रमा जम्मा १ हजार ८५ जनाले कञ्चनजंघा क्षेत्रको भ्रमण गरेका थिए । संरक्षण क्षेत्र कार्यालयले पर्यटकहरुबाट कुल २७ लाख ४० हजार ८ सय २४ रुपैयाँ राजश्व असुली गरेको जनाएको छ । प्रमुख संरक्षण अधिकृत यादवका अनुसार पर्यटन शुल्क वापत १६ लाख ८५ हजार ५ सय रुपैयाँ र वन क्षेत्रको रोयल्टी वापत १० लाख ६ हजार ६ सय ४७ रुपैयाँ असुली भएको छ ।

 

Similar Posts