अग्निपीडितलाई माओवादीको राहत

-उज्यालो पोष्ट
ताप्लेजुङ, असार २८ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९ हाङ्देवाका अग्निपीडित परिवारलाई नेकपा (माओवादी केन्द्र) ले राहत सहयोग उपलब्ध गराएको छ । अग्निी पीडित टीकाराम पौैडेललाई माओवादी केन्द्र वडा कमिटी हाङ्देवाले राहत सहयोग उपलब्ध गराएको हो ।
अग्नि पीडित पौडेलको परिवारलाई केही नगदसहित लत्ताकपडा लगायतका सामग्री प्रदान गरिएको माओवादीले जनाएको छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा ताप्लेजुङ इन्चार्ज खेलप्रसाद बुढाक्षेत्री, संविधानसभा सदस्य सञ्चपाल मादेन, वडा कमिटीका पदाधिकारी लगायतको उपस्थितिमा अग्निपीडित पौडेललाई राहत सहयोग वितरण गरिएको हो ।
वाइसिएलका प्रदेश कमिटी सदस्य तथा हाङ्देवाका जननिर्वाचित वडा सदस्य पाल्देन शेर्पाका अनुसार गत बिहीबार अचानक विद्युत् सर्ट भएर पौडेलको घर आगलागी भएको थियो । आगलागीबाट ढुंगा, माटो र काठले बनेको पौडेलको घर पूर्णरुपमा नस्ट हुँदा पाँच लाख रुपियाँ बढीको क्षति हुन पुगेको थियो ।