मैवाखोलास्थित नारायणी माविले स्नातक तहका लागि पायो सम्वन्धन

उज्यालो पोष्ट
ताप्लेजुङ,असार २७ । मैवाखोला गाउँपालिकास्थित नारायण मावि साँघुले स्नातक तह अध्यापन गराउनका लागि पूर्वाञ्चल विश्व बिद्यालयबाट सम्वन्धन प्राप्त गरेको छ ।

बिद्यालयले शुक्रवार सम्वन्धन प्राप्त गरेको हो । सम्वन्धन सम्वन्धी सहमति पत्रमा पूर्वाञ्चल विश्व बिद्यालयकातर्फबाट योजना महाशाखा प्रमुख डाक्टर कमलप्रसाद दुलाल तथा नारायणी मावि साँघुकातर्फबाट सोहि बिद्यालयमा कार्यरत रुपनारायण घिमिरेले जानकारी हस्ताक्षर गर्नु भएको छ ।

ताप्लेजुङमा अहिले फुङलिङस्थित पाथीभरा बहुमुखी क्याम्पसमा स्नातकोत्तरतहसम्मको अध्यापन हुँदै आएको छ भने सिरिजङ्गा गाउँपालिका वडा नं १ सिनामस्थित सिनाम बहुमुखी क्याम्पसमा स्नातकतहसम्मको अध्यापन हुँदै आइरहेको छ ।

Similar Posts