मैवाखोलामा चालु र पुँजीगत खर्च झण्डै हाराहारी

उज्यालो पोष्ट
ताप्लेजुङ,असार २६ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले चालु र पुँजीगत दुबै खर्च हाराहारी रुपले खर्च गरेको छ ।
पालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार ९०.०५ प्रतिशत चालु खर्च हुँदा ८५.४१ प्रतिशत पुँजीगत खर्च भएको छ । दुबै गरी ८९.९१ प्रतिशत खर्च भएको पालिकाले जनाएको छ । प्राय चालु खर्चको तुलनामा पुँजीगत खर्च कम हुँदै आएको छ ।
पालिकाले बजेट कार्यान्वयनमा भूमिका खेल्ने पालिकाका जनप्रतिनिधि,प्रमुख प्रशासकीय अधिकृत सहित सम्पूर्ण कर्मचारी,टोल विकास संस्थाका पदाधिकारी तथा सदस्यहरु,निर्माण व्यवसायी,राजनीतिक दल र सञ्चारकर्मीहरुलाई हार्दिक आभार व्यक्त गरेको छ ।