करको बिरोध गर्दै ताप्लेजुङका सुनचाँदी व्यवसायी सडकमा

उज्यालो पोष्ट
ताप्लेजुङ,असार २३ । सुन तथा सुनका गरगहनामा लगाइएको विलासिता करसहितमा सरकारले लगाएको बिद्यमान करको बिरोधमा ताप्लेजुङका सुन चाँदी व्यवसायी सडकमा आएका छन् ।

ताप्लेजुङका सुनचाँदी व्यवसायी पाथीभरा सुनचाँदी तथा कला व्यवसायी संघमार्फत एकीकृत छन् । सोहि कला व्यवसायी संघमार्फत सोमवार सुनचाँदी व्यवसायीले करको बिरोध गर्दै सोमवार ताप्लेजुङ सदरमुकाम फुङलिङमा प्रर्दशन सहित कोणसभामार्फत लगाईएको उक्त कर फिर्ता हुनुपर्ने माग गरेका छन् । सुनचाँदी व्यवसायी सुन तथा सुनका गरगहना र हिरालगायत बहुमूल्य पत्थरमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट)को बिरोधमा छन् । सोहि अनुरुप ताप्लेजुङमा पनि बिरोध प्रर्दशन गरिएको हो । उनीहरुले उक्त कर फिर्ता लिनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए ।

नाराबाजी पछि वीरेन्द्र चौकमा पुगेर गरिएको कोणसभासभालाई सुनचाँदी तथा कला व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष गंगाराम शंकर सहितले सम्बोधन गर्नु भएको थियो । आफू्हरुको मागलाई सरकारले सम्बोधन गर्न उचित तागरुकता नदेखाएको भन्दै अध्यक्ष शंकरले अब काठमाण्डौँ केन्द्रित आन्दोलनका लागि आफुहरु तयार रहेको समेत बताउनुभयो । सरकारले आर्थिक वर्ष २०८२÷८३ को बजेटमार्फत सुन तथा सुनका गरगहनामा २ प्रतिशत विलासिता कर र हिरालगायत बहुमूल्य पत्थरमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने घोषणा गरेको थियो ।

 

 

 

Similar Posts