अनेरास्ववियुको सिरिजङ्गा गाउँपालिका कमिटीद्धारा आधारभूत कम्प्युटर तालिम सञ्चालन

उज्यालो पोष्ट
ताप्लेजुङ,असार २३ । नेकपा एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियुको सिरिजङ्गा गाउँपालिका कमिटीले आयोजना गरेको आधारभूत कम्प्युटर तालिमका सहभागीलाई सोमवार प्रमाणपत्र बितरण गरिएको छ ।

नेकपा एमाले जिल्ला कमिटी सचिव तथा भूमि सम्वन्धी समस्या समाधान आयोग ताप्लेजुङ जिल्ला समितिका सदस्य सन्तोष चाम्लिङको प्रमुख आतिथ्यतामा आधारभूत कम्प्युटर तालिमका सहभागीलाई प्रमाणपत्र बितरण गरिएको हो ।

तालिमको सहजीकरण युनिभर्सल कम्प्युटर ईन्सिच्युटका प्रोपाइटर बिरु हाङवाङले गर्नु भएको थियो ।

Similar Posts