यि हुन् आठराई त्रिबेणीले सार्वजनिक गरेका शिक्षा क्षेत्रका महत्वपूर्ण १८ काम

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार २० । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले २०७९ सालको निर्वाचनबाट निर्वाचित पालिका टिमबाट शिक्षा क्षेत्रमा भएका १८ काम सार्वजनिक गरेको छ ।

पालिका अध्यक्ष दीपन्द्र पोमू(दीपेन)ले आफ्नो नेतृत्वमा निर्वाचित भएको पालिका टिमबाट शिक्षा क्षेत्रमा भएका मुख्य १८ काम सार्वजनिक गर्नु भएको छ । जस अनुसार पालिकाले कक्षा १२ सम्मको शिक्षा निःशुल्क गरेको,पालिका भित्रका ३३ वटा सामुदायिक बिद्यालयमा निःशुल्क फाइवर नेट जडान गरी सञ्चालनमा ल्याएको,आनिपान भाषा,शेर्पा भाषा र मगर भाषामा स्थानीय पाठ्क्रम सञ्चालनमा रहेको छ । २०८० साल माघ महिनाबाटै शिक्षकहरुको तलवभत्ता मासिक रुपमा निकासा गर्न थालिएको,दरबन्दी मिलान गरी सम्भव भएसम्म पालिकाका सबै बिद्यालयमा बिषय शिक्षकको व्यवस्थापन गरिएको,प्रयोग भइसकेको सेनेटरी प्याड डिस्पोजल मेसिन खरिद गरी बिद्यालयलाई हस्तान्तरण गरिएको,पालिकाका सबै माध्यमिक बिद्यालयहरुमा सिसी टिभी जडान तथा ३३ वटै बिद्यालयमा इ–हाजिरी सञ्चालनमा ल्याईएको,बालमैत्री बिद्यालय निर्माणका लागि आगामी आर्थिक बर्षको बजेटमा रकम बिनियोजन गरिएको पालिकाले जनाएको छ ।

कक्षा १–८ र कक्षा १–१२ सञ्चालनमा रहेका बिद्यालयहरुमा बिद्यालय लेखा व्यवस्थापन प्रणाली सुरु गरी बिद्यालयले आफ्नै बिद्यालयबाट बैंक चेक काट्न पाउने प्रणाली सुरु गरिएको,बिद्यालयको लेखा परीक्षणमा सर्शत बाहेक कक्षा १–५ सञ्चालन भएका बिद्यालयलाई ५ हजार,कक्षा १–८ सञ्चालन भएका बिद्यालयलाई १० हजार,कक्षा १–१० सञ्चालन भएका बिद्यालयलाई १५ हजार र कक्षा १–१२ सञ्चालन भएका बिद्यालयलाई २५ हजार थप अनुदान उपलब्ध गराईदै आएको पालिकाले जनाएको छ । पालिका अध्यक्ष पोमूका अनुसार पालिकाका सबै बिद्यालयलाई पालिकाले प्रशासनिक खर्च उपलब्ध गराउने गरेको छ भने प्रत्येक महिना पालिका भरीका सबै बिद्यालयका प्रधानाध्यापक,कार्यपालिका तथा गाउँ शिक्षा समितिका सदस्यहरुसंग शैक्षिक अवस्था बारे छलफल हुने गरेको र उक्त बैठकमा सहभागी भएवापत प्रधानाध्यापकहरुलाई यातायात खर्च समेत उपलब्ध गराउने गरेको छ ।

पालिकाले गरिव तथा जेहेन्दार ७ जना बिद्यार्थीलाई उच्च शिक्षा अध्ययनको सम्पूर्ण दायित्व लिएको,जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई महत्वका साथ पालिकाले ग्रहण गर्ने तथा सहभागी पठाउने गरेको,पालिका आफैंले पालिका स्तरीय नमूना बिद्यालय छनौट गरी परमसिंह माध्यमिक बिद्यालयमा कक्षा ११–१२ सुरु गरिएको,माध्यमिक बिद्यालयहरुमा मार्सल आर्ट बिधामा खेलहरुका लागि प्रशिक्षकको व्यवस्था गरिएको र यसलाई निरन्तरता दिईएको,आम शिक्षा भेलामार्फत सार्वजनिक शिक्षा सुधारका लागि योजना बनाई कार्यान्वयनमा लगिएको,सरस्वती नमूना मावि हाङपाङमा कक्षा ९–१२ अन्तरगत प्राविधिक धार पशु विज्ञानको पढाई व्यवस्थापन गरी सञ्चालन गर्न उपलब्ध गराउँदै आएको,कक्षा ११ र १२ मा शुन्य दरबन्दी भएका बिद्यालयहरुमा शिक्षक तथा पढाई व्यवस्थापनका लागि पालिकाले अनुदान उपलब्ध गराउने गरेको र वाल विकास शिक्षक नभएका बिद्यालयहरुमा बाल विकास शिक्षक व्यवस्थापनका लागि पालिकाले अनुदान उपलब्ध गराउने गरेको पालिकाले शिक्षा क्षेत्रमा गरेका महत्वपूर्ण १८ उपलब्धी भित्र सूची सार्वजनिक गरेको छ ।

Similar Posts