खेलकुद बजेटमा उदार आठराई त्रिबेणी

उज्यालो पोष्ट
ताप्लेजुङ,असार ११ । आगामी आर्थिक बजेटको बजेटमा ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका उदार देखिएको छ । उसले आगामी आर्थिक बर्षका लागि खेलकुद क्षेत्रमा करिव साढे ७६ लाख रुपैयाँ बिनियोजन गरेको छ ।
पालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)ले पालिकाले खेलकुदको प्रवद्र्धनका लागि उल्लेख्य ध्यान दिने नीति तथा कार्यक्रम सभामा पेश गर्नु भएको थियो । नीति तथा कार्यक्रम पारित भएपछि उपाध्यक्ष शान्ताकुमारी आङवुहाङ राईद्धारा सभामा प्रस्तुत बजेटमा पालिकाले खेलकुद क्षेत्रका लागि साढे ७६ लाख रुपैयाँको बजेट पेश गर्नु भएको छ । पालिकाले पालिका स्तरीय खेलकुद महोत्सवका लागि ४० लाख रकम बिनियोजन गरेको छ । खेलकुद महोत्सवमार्फत पालिका स्तरीय खेलाडी पहिचान देखि उनीहरुको खेल कौसल बृद्धिका लागि लामो अवधिको बन्द प्रशिक्षण सम्मका कार्यक्रम समावेश हुनेछन् ।
पालिकाले राष्ट्रति रनिङ शिल्ड प्रतियोगिताको कार्यक्रमका लागि २० लाख बिनियोजन गरेको छ । यस्तै मार्सल आर्ट अन्र्तगतका खेल बिधाका लागि १० लाख बिनियोजन गरेको पालिकाले बिभिन्न चरणमा हुने खेलकुदका कार्यक्रमका लागि खेलकुद पोशाक खरिद तथा व्यवस्थापनमा साढे ६ लाख रुपैयाँ बिनियोजन गरेको छ । असार ९ गते बजेट पेश गरेको आठराई त्रिबेणीले असार २१ गते अघिसम्मका लागि छलफल तथा पुर्नबिचारको समयावधि दिएर २१ गते बजेट पास गर्ने तयारी गरेको छ ।