पाथीभरा याङवरकले ल्यायो साढे ५२ करोड बढीको बजेट

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार १० । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ का लागि ५२ करोड ५१ लाख ७४ हजार ५ सय ५२ रुपैयाँको बजेट ल्याएको छ ।
पालिका अध्यक्ष केशरकुमार सुब्बाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सभाले अनुमोदन गरेपछि पालिका उपाध्यक्ष रनमाया गुरुङले उक्त बजेट समाभा पेश गर्नु भएको छ । कुल बजेटमध्ये चालु खर्च तर्फ रु. ३१ करोड ६३ लाख ६८ हजार ५ सय ५२ (६० दशमलव २४ प्रतिशत) र पुँजीगत खर्च रु. २० करोड ८८ लाख ६ हजार (३९ दशमलव ७६ प्रतिशत) रहेकोछ । कुल बजेटमा गत आ.व.२०८०÷८१ को यथार्थ खर्च भन्दा २६ दशमलव ८ प्रतिशतले बृद्धि भएको छ भने चालु आ.व. २०८१÷८२ को संशोधित अनुमान भन्दा १२ दशमलब २६ प्रतिशतले बृद्धि भएको पालिकाले जनाएको छ ।
पालिकाले बजेटका स्रोत व्यहोर्ने क्षेत्रका रुपमा आन्तरिक आय ३० लाख रहने अनुमान गरेर बजेट ल्याएको छ । सङ्घीय सरकार सशर्त अनुदान २० करोड ३३ लाख,सङ्घीय सरकार समानीकरण अनुदान १० करोड ७ लाख,सङ्घीय सरकारबाट राजश्व बाँडफाँड भई प्राप्त हुने ६ करोड ९३ लाख ५५ हजार ९७ रुपैयाँ,सङ्घीय सरकार विशेष अनुदान २ करोड ३५ लाख,संघीय सरकार समपुरक अनुदान ३ करोड ९० लाख, प्रदेश सरकार सशर्त अनुदान ५७ लाख १८ हजार,प्रदेश सरकार समानीकरण अनुदान रु.९६ लाख ६२ हजार, प्रदेश सरकारबाट राजश्व बाँडफाँड भई प्राप्त हुने सवारी साधन कर ४७ लाख २३ हजार,प्रदेश सरकार समपुरक अनुदान १ करोड ६० लाख र चालु वर्षको अनुमानित बैंक मौज्दात ४ करोड ७५ लाख रुपैयाँलाई आधार मानेर बजेट ल्याएको पालिकाले जनाएको छ ।