|

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङद्धारा भदौ मसान्तसम्म नदीजन्य पदार्थको उत्खनन् गर्न रोक

उज्यालो पोष्ट
ताप्लेजुङ,असार ३ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले भदौ मसान्तसम्म नदीजन्य पदार्थको उत्खनन्मा रोक लगाएको छ ।

ढुङ्गा,गिटी,बालुवा उत्खनन्,बिक्री तथा व्यवस्थापन सम्वन्धी मापदण्ड २०७७(पहिलो संशोधन)को व्यवस्था सम्झाउँदै प्रशासन कार्यालयले भदौ मसान्तसम्मका लागि ढुङ्गा,गिटी,बालुवा उत्खनन्मा रोक लगाएको हो ।

प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले ढुङ्गा,गिटी,बालुवा उत्खनन्,बिक्री तथा व्यवस्थापन सम्वन्धी मापदण्ड २०७७ को कार्यान्वयन गर्ने सन्दर्भमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत प्राप्त पत्र कार्यान्वयनका लागि सबैलाई आग्रह गर्नु भएको छ ।

ढुङ्गा,गिटी,बालुवा उत्खनन्,बिक्री तथा व्यवस्थापन सम्वन्धी मापदण्ड २०७७ को संशोधित दफा(४)को उपदफा(१६)मा प्रत्येक बर्षको असार १ गते भदौ मसान्तसम्म म्म नदीजन्य पदार्थको उत्खनन् गर्न नपाइने व्यवस्था रहेको छ ।

Similar Posts