|

तमोर नदीमा बालिका बेपत्ता

-उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ २३ । ताप्लेजुङस्थित तमोर नदीले बगाएर एक बालिकालाई बेपत्ता बनाएको छ । प्रहरीका अनुसार फुङ्लिङ नगरपालिका–३ टारबारीका निङमा सांगे शेर्पाका छोरी ११ वर्षीया गंगा शेर्पालाई तमोरले बगाएर बेपत्ता बनाएको हो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पानी पिउने क्रममा तमोर नदीले बगाएर बालिकालाई बेपत्ता बनाएको हो । बिहीबार बिहान तमोर नदीको पानी पिउने क्रममा अचानक ढुंगाबाट चिप्लिएर नदीमा परेकी बालिकालाई बगाएर बेपत्ता बनाएको बस्नेतले जानकारी दिनुभयो ।
बेपत्ता बनाएको भन्ने खबर हुनासाथ सिम्ले अस्थायी प्रहरीचौकीबाट प्रहरी टोली र स्थानीयले घटनास्थल पुगेर खोजतालस गरेका थिए । खोजी कार्यलाई जारी राखे पनि हालसम्म बेपत्ता बालिकाको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी टोली, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयसमेत संलग्न भएको टोलीले बालिकाको खोजतलास गरिरहेको भए पनि अहिलेसम्म फेला पार्न नसकिएको स्थानीय शिक्षक हर्कराज पालुङ्वाले जानकारी दिनुभयो । शिक्षक पालुङ्वाका अनुसार खोजी कार्य जारी रहेको छ ।
टारबारी टोल र तमोर नदी नजिक रहेको डम्पिङ साइड (फोहोरमैला व्यवस्थापन गर्ने ठाउँ) मा फालेका सामान खोज्न अन्य चार–पाँच जना बालबालिकासहितको टोली गएका थिए । नदीले बगाएकार भनेर अन्य बालबालिकाले अभिभावकलाई खबर गरेका थिए ।

Similar Posts