|

व्युटीपार्लर व्यवसायी श्रेष्ठ पुरस्कृत

-उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ २० । ताप्लेजुङको सदरमुकाम फुङ्लिङकी एक व्युटीपार्लर व्यवसायी पुरस्कृत हुनुभएको छ । फुङ्लिङ बजारस्थित न्यू सौन्दर्य व्युटीपार्लरकी सञ्चालक सितला श्रेष्ठ जिल्लाकै उत्कृष्ट उद्यमीका रुपमा पुरस्कृत हुनुभएको हो ।
व्युटीपार्लर व्यवसायी श्रेष्ठलाई कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले ६५ हजार रुपैयाँ नगदसहित पुरस्कृत गरेको हो । व्यवसायी श्रेष्ठले नगद साथै सम्मानपत्र पाउनुभएको छ । सफल महिला उद्यमी तथा उत्कृष्ट व्यवसायीका रुपमा घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङले सिफारिस गरेपछि प्रदेश सरकारले श्रेष्ठलाई पुरस्कृत गरेको हो ।
उद्यमी श्रेष्ठ विगत ११ वर्षदेखि सदरमुकाम फुङ्लिङमा व्युटीपार्लर व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ । सातौं राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा मंगलबार विराटनगरमा आयोजित कार्यक्रमकाबिच श्रेष्ठ सम्मानित हुनुभएको हो ।

Similar Posts