ताप्लेजुङबाट प्रतिवन्धित लागुऔषध सहित तीनजना पक्राउ

उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ १६ । ताप्लेजुङ प्रहरीले बिहीबार प्रतिवन्धित लागु औषध सहित फुङलिङ नगरपालिका वडा नं ६ बाट तीनजनालाई पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ परेका तीनैजनालाई लागु औषध नियन्त्रण ऐन २०३३ तथा प्रचलित कानुन बमोजिमको कसुरमा ताप्लेजुङ जिल्ला अदालतबाट ७ दिनको म्याद लिई अनुसन्धान सुरु गरिएको छ ।
बस्नेतका अनुसार पक्राउ पर्नेमा ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ७ बस्ने १९ बर्षिय आदर्श भट्टराई,फक्ताङलुङ गाउँपालिका वडा नं २ खेजेनिम घर भई हाल फुङलिङ नगरपालिका वडा नं ६ बस्ने २७ बर्षिय विमर्श सुन्दास र फुङलिङ नगरपालिका वडा नं १० बस्ने १९ बर्षिय नवीन गुरुङ रहेका छन् ।
शंकास्पद अवस्थामा फेला परेका उनीहरुलाई नियन्त्रणमा लिई खानतलास गर्दा तीनैजनाको साथबाट लागुऔषध ट्रामाडोल क्याप्सुल ११६ पिस र डाईसाईक्लोमाईन ट्याब्लेट ५९ थान फेला पारिएको प्रहरीले बताएको छ ।