सुकेटारमा अब सातामा दुईदिन जहाज आउने

उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ १२ । ताप्लेजुङस्थित सुकेटार बिमानस्थलमा नेपाल एअर लाइन्सले साताको दुईदिन उडान भर्ने भएको छ ।

नेपाल वायु सेवा निगमको ताप्लेजुङस्थित कार्यालय प्रतिनिधि कुमार गुरुङका अनुसार हरेक हप्ताको सोमवार र शुक्रवार काठमाडौं–ताप्लेजुङ–काठमाडौं उडान हुने भएको छ ।

यसअघि सुकेटार बिमानस्थलमा साताको एकदिन शुक्रवार नेपाल एअर लाइन्सको ट्विनअटर जहाजले उडान भर्ने गरेको थियो । नेपाल एअरलाइन्सले nepalairlines.com.np मार्फत टिकट बुकिङ गर्न सकिने जनाएको छ ।

Similar Posts