प्रतिशतका हिसावले ताप्लेजुङका स्थानीय तहमध्ये सिरिजङ्गा गाउँपालिकाको बेरुजु सबैभन्दा कम

उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ १ । ताप्लेजुङका ९ स्थानीय तहमध्ये सिरिजङ्गा गाउँपालिकाको बेरुजु सबैभन्दा कम देखिएको छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औं बार्षिक लेखा परीक्षण प्रतिबेदन अनुसार सिरिजङ्गाको बेरुजु १.०८ प्रतिशत देखिएको छ । पाथीभरा याङवरक गाउँपालिकाको बेरुजु १.२० प्रतिशत देखिँदा फुङलिङ नगरपालिकाको २.२० प्रतिशत देखिएको छ । आठराई त्रिबेणी गाउँपालिकाको बेरुजु २.५८ प्रतिशत,सिदिङ्गा गाउँपालिकाको बेरुजु २.७९ प्रतिशत देखिएको छ ।

मेरिङदेन गाउँपालिकाको बेरुजु ४.९५ प्रतिशत,फक्ताङलुङ गाउँपालिकाको बेरुजु ५.४३ प्रतिशत,मिक्वाखोलाको बेरुजु ५.७० प्रतिशत र मैवाखोलाको बेरुजु ८.४४ प्रतिशत रहेको महालेखाको प्रतिबेदनमा उल्लेख गरिएको छ । मलेपको ६१ औं बार्षिक लेखा परीक्षण प्रतिबेदनमा पाथीभरा याङवरक गाउँपालिकाको बेरुजु शुन्य थियो ।

Similar Posts