प्रत्येक वार्डमा पुगेर सासुभत्ता बितरण गर्दै मैवाखोला

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख २७ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले पालिकाका प्रत्येक वडामा पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गर्ने भएको छ ।

पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनका अनुसार पालिकाका ६ वटै वडामा पुगेर चालु आर्थिक बर्षको तेस्रो चौमासिक किस्ताको सामाजिक सुरक्षा भत्ता बितरण गर्न लागिएको हो । गोम्देनका अनुसार २०८२ साल बैशाख ३० गते वडा नं १ बाट सासुभत्ता बितरण कार्यक्रम सुरु हुने छ ।

बैशाख ३१ गते वडा नं २ स्थित वडा कार्यालयमा,जेठ १ गते वडा नं ४ स्थित वडा कार्यालयमा,जेठ २ गते वडा नं ३ को वडा कार्यालयमा,जेठ ४ गते वडा नं ५ को वडा कार्यालयमा र जेठ ५ गते वडा नं ६ स्थित वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता बितरण गरिने गाउँपालिकाले जनाएको छ । पालिकाले पालिकाको समन्वय र पालिकाको केन्द्र साँघुस्थित लक्ष्मी सनराइज बैंकमार्फत सामाजिक सुरक्षा भत्ता बितरण हुने जनाएको छ ।

Similar Posts