फुङलिङद्धारा उत्कृष्ट बिद्यार्थीलाई ल्यापटपसहित सम्मान

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख २४ । गत शैक्षिक सत्रको माध्यमिक शिक्षा परीक्षामा सामुदायिक बिद्यालयबाट उत्कृष्ट अंक ल्याउने एकछात्र र एकछात्रालाई फुङलिङ नगरपालिकाले एक–एकथान ल्यापटपसहित सम्मान गरेको छ ।

फुङलिङ नगरप्रमुख अमिर मादेनका स्वकीय सचिव अञ्चल गुरुङका अनुसार ल्यापटपसहित सम्मानित हुनेमा भानुजन माध्यमिक बिद्यालयका प्रतिमा पुरी र राजीव रनपाल रहनु भएको छ । परीक्षामा पुरीले ३.६७ जिपिए र रनपालले ३.६१ जिपिए ल्यउनु भएको थियो ।

पुरी र रनपाललाई नगरप्रमुख मादेनले ल्यापटप,नगर उपप्रमुख ओझाले सम्मानपत्र तथा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले खादा बितरण गर्दै सर्बोत्कृष्ट अंक ल्याउने बिद्यार्थीलाई नगरपालिकाले सम्मान गरेको छ ।

 

 

Similar Posts