ताप्लेजुङमा काँग्रेस र माओवादी केन्द्र सम्वद्ध निर्माण व्यवसायी संघमा नयाँ नेतृत्व

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख २३ । ताप्लेजुङमा नेपाली काँग्रेस र नेकपा(माओवादी केन्द्र)निकट निर्माण व्यवसायी संघमा नयाँ नेतृत्व चयन भएको छ ।
नेपाली काँग्रेसको शुभेच्छुक संस्था लोकतान्त्रिक निर्माण व्यवसायी संघ ताप्लेजुङको प्रथम जिल्ला अधिबेशनले गणेश खिम्दिङ अध्यक्ष रहेको कार्य समिति चयन गरेको छ । कार्य समिति उपाध्यक्षद्धयमा खेम कार्की र सुरेश ताप्मादेन,महासचिवमा सुजन गुरुङ,उपमहासचिवद्धयमा पेम्बा शेर्पा र प्रशान्त अधिकारी,कोषाध्यक्षमा सरस्वर्ती कार्की र सहकोषाध्यक्षमा डेनी तामाङ चयन हुनु भएको छ । नेपाली काँग्रेस ताप्लेजुङका सभापति गजेन्द्रप्रसाद तुम्याहाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रवि सिंह सहितको उपस्थिति थियो ।
उता नेकपा (माओवादी केन्द्र) सम्वद्ध नेपाल राष्ट्रिय निर्माण व्यवसायी संगठन ताप्लेजुङको प्रथम अधिबेशनले बमबहादुर भट्टराई(तारा) अध्यक्ष रहेको कमिटी सर्वसम्मत चयन गरेको छ । कमिटीको बरिष्ठ उपाध्यक्षमा दावाछिरिङ शेर्पा(बिशालु),उपाध्यक्षमा दावानुपु शेर्पा,महासचिवमा बिनोद भारती,सचिवमा सञ्जिव मावो र कोषाध्यक्षमा टंक खतिवडा रहनु भएको छ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज खेलप्रसाद बुढाक्षेत्री (पराग)को प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।