निर्माण व्यवसायी संगठन ताप्लेजुङमा भट्टराई चयन

-उज्यालो पोष्ट
ताप्लेजुङ, बैशाख २३ । नेकपा (माओवादी केन्द्र) सम्वद्ध नेपाल राष्ट्रिय निर्माण व्यवसायी संगठन ताप्लेजुङको अध्यक्षमा बमबहादुर भट्टराई (तारा) चयन हुनुभएको छ । सदरमुकाम फुङ्लिङमा सम्पन्न जिल्ला भेलाले भट्टराई अध्यक्ष रहेको १५ सदस्यीय निर्माण व्यवसायी संगठन सर्वसम्मत चयन गरेको हो ।
संगठनको जिल्ला समिति वरिष्ठ उपाध्यक्षमा दावाछिरिङ शेर्पा (विशालु), उपाध्यक्ष दावानुपु शेर्पा, महासचिव विनोद भारती, सचिव सन्जिप माबो र कोषाध्यक्षमा टंक खतिवडा चयन हुनुभएको छ । सदस्यमा सुधिर सावादेन, सरोज कन्दङ्वा, इन्द्र पालुङ्वा, वीरेन्द्र हाङ्बाङ, लीला लिम्बू, राजु मिश्र, निशान लिम्बू (कुमार), हेमन्त पौडेल र पूर्णकुमार फेम्बो चयन हुनुभएको छ ।
जिल्ला भेला माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा ताप्लेजुङ इन्चार्ज खेलप्रसाद बुढाक्षेत्री (पराग), वैकल्पिक केन्द्रीय सदस्य तथा वाइसिएलका केन्द्रीय उपाध्यक्ष मिङ्माडण्डु शेर्पा लगायतको उपस्थितिमा सम्पन्न गरिएको हो । निर्माण व्यवसायीहरुको हकहितमा क्रियाशील रहनेगरी पहिलो पटक संगठनको जिल्ला समिति चयन गरिएको बताइएको छ ।