निर्माण व्यवसायी संघ ताप्लेजुङको १५ औं साधारणभा सुरु

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख २२ । निर्माण व्यवसायी महासंघ ताप्लेजुङको १५ औं साधारणसभा तथा बिधान संशोधन सभा सोमवार फुङलिङस्थित होटल जन्नु इनमा सुरु भएको छ ।

साधारणसभाको नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रवि सिंहले उद्घाटन गर्नु भएको छ । सिंहले आइतवारबाट निर्माण व्यवसायीका लागि जारी दुईदिने कन्ट्रक्सन म्यानेजमेन्ट तालिमका सहभागीहरुलाई प्रमाणपत्र समेत बितरण गर्नु भएको छ । सभामा बिभिन्न बिषयमा छलफल हुने निर्माण व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष जसबहादुर चेम्जोङले जानकारी दिनुभयो । कार्यक्रममा सफलताको शुभकामना व्यक्त गर्दै महासंघका बरिष्ठ उपाध्यक्ष आङदोर्जी लामा(एडी)ले बोलपत्र परिसकेपछि काम गर्दिन भन्न नपाइने बताउनुभयो । उहाँले नियमक निकाय खुसी पारेर निर्माण व्यवसायीले कामबाट छुट नपाउने बताउनुभयो ।

पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष सुवास आचार्यले विकास निर्माणमा पारदर्शीता र गुणस्तरीयता कायम गर्दै देशलाई विकासको लयमा अघि बढाउनुको विकल्प नरहेको बताउनुभयो । कार्यक्रममा निर्माण व्यवसायी संघ ताप्लेजुङका पूर्व अध्यक्ष रणबहादुर कार्की,संघका उपाध्यक्ष इन्द्र केदेम, कन्ट्रक्सन म्यानेजमेन्ट तालिमका प्रशिक्षक केशवराज आचार्य सहितले आ–आफ्नो धारणा राख्नु भएको छ । यो समाचार तयार पार्दासम्म सभाको उद्घाटन सत्र चलिरहेको छ ।

Similar Posts