मृतक भट्टराईका परिवारलाई क्षेत्र विकास समितिको सहयोग

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख १८ । बैशाख ८ गते पाथीभरा क्षेत्रको लत्रिएको विद्युतको तारबाट भएको करेन्ट प्रवाह पछि सवारीमा आगलागी हुँदा मृत्यु भएका सवारी चालक दुर्गाप्रसाद भट्टराईको परिवारलाई पाथीभरा क्षेत्र विकास समितिले ५० हजार रुपैयाँ सहयोग गरेको छ ।
पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेका अनुसार मृतक भट्टराईको घरमा समबेदना दिन पुगेको क्षेत्र विकास समितिको टोलीले भट्टराईका आफन्तलाई उक्त सहयोग रकम हस्तान्तरण गरेको हो । भट्टराई लामो समय देखि पाथीभरा क्षेत्रमा सवारी चालकको रुपमा काम गर्दै आउनु भएको थियो ।
उक्त घटनामा परी सवारी धनी समेत रहनु भएका फुङलिङ नगरपालिका वडा नं १० बस्ने ४२ बर्षिय भट्टराई,ललितपुर महानगरपालिका वडा नं १० बस्ने १६ बर्षिय आध्या आचार्य,उहाँका मावली हजुरबुबा भद्रपुर नगरपालिका बस्ने ७० बर्षिय बिनोद पौडेल र मावली हजुरआमा ६९ बर्षिय सिरता पौडेलको मृत्यु भएको थियो । आध्याकी आमा ४५ बर्षिय आमा सबिना र भाई १० बर्षिय अभिमय आचार्य घाइते हुनु भएको थियो ।