सुरु भयो युवासंघ नेपाल ताप्लेजुङको जिल्ला अधिबेशन

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख १८ । राष्ट्रिय युवा संघ नेपाल ताप्लेजुङको दशौं जिल्ला सम्मेलन बिहीबारबाट सुरु भएको छ ।
राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष क्षितिज थेबेले सम्मेलनको उद्घाटन गर्नु भएको छ । उद्घाटन समारोहमा युवा संघका केन्द्रीय नेता तथा एमालेका प्रादेशिक तथा जिल्ला नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको युवा संघका जिल्ला संयोजक मानिक तुम्बाहाम्फेले जानकारी दिनुभयो ।
जिल्ला सम्मेलनको उद्घाटन सत्रअघि युवा संघले र्याली सहित नगर परिक्रमा गरेको थियो । अधिबेशनको उद्घाटनसत्र पछि बिहीबारै बन्दसत्र सुरु हुने कार्यतालिका रहेको छ । अधिबेशनले नयाँ नेतृत्व चयन गर्ने छ । अहिलेका संयोजक तुम्बाहाम्फे आफैं जिल्ला अध्यक्षका आकाँक्षी रहनु भएको छ । सहमति गरेरै सर्वसम्मत नेतृत्व चयनको प्रयास गरिने नेताहरुले बताएका छन् ।