पाथीभरा याङवरकमा एकीकृत घुम्ति शिविरबाट करिव ८ सय लाभान्वित

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख १६ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ति शिविरमा करिव ८ सय जनाले लाभ लिएका छन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत संगम पौडेलका अनुसार ५ सय ६३ जनालाई सामाजिक सुरक्षा भत्ता बितरण गरिएको छ । ६० बर्ष माथि उमेर समूहका २ सय ४ जनाले स्वास्थ्य परीक्षण सेवा लिएका छन् । पालिकाको केन्द्र रहेको वडा नं २ बाहेक पालिकाका ५ वटा वडामा गरिएको घुम्ति शिविरका क्रममा २२ जनालाई राष्ट्रिय परिचयपत्रको कार्ड बितरण गरिएको पालिकाले जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत पौडेलका अनुसार वडा नं १ नाङखोल्याङमा १ सय ६२ जनाले सामाजिक सुरक्षा भत्ता लिएका छन् भने ६० बर्ष माथि उमेर समूहका ३८ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । सो वडामा २ जनालाई राष्ट्रिय परिचयपत्रको कार्ड बितरण गरिएको छ ।

वडा नं ३ तिरिङ्गेमा १ सय ३ जनाले सामाजिक सुरक्षाभत्ता लिएका छन् भने ३१ जना जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्दा ६ जनाले राष्ट्रिय परिचयत्रको कार्ड लिएका छन् । वडा नं ४ डुम्रिसेमा ८६ जनाले सामाजिक सुरक्षा भत्ता बुझेका छन् भने ३७ जना जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण तथा ३ जनालाई राष्ट्रिय परिचयपत्र बितरण गरिएको पालिकाले जनाएको छ ।

वडा नं ५ चाक्सिबोटेमा ५६ जनाले सामाजिक सुरक्षा भत्ता बुझेका छन् भने २५ जना जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ । उक्त वडामा ५ जनालाई राष्ट्रि परिचयपत्र बितरण गरिएको छ । वडा नं ६ थुम्बेदिनमा १ सय ५६ जनालाई सामाजिक सुरक्षा भत्ता बितरण गरिएको छ भने ७३ जना जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गर्दा ६ जनालाई राष्ट्रिय परिचयपत्र बितरण गरिएको छ । पालिकाले गाउँघरमै नागरिकलाई सेवा दिनेगरी बैशाख १० गते देखि एकीकृत घुम्ति शिविर सञ्चालन गरेको थियो ।

 

Similar Posts