राष्ट्रिय जनसाँस्कृतिक महासंघ ताप्लेजुङमा निरौला

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख १४ । नेकपा एमाले निकट राष्ट्रिय जनसाँस्कृतिक महासंघ ताप्लेजुङको नवौं जिल्ला अधिबेशनले हेमराज निरौला अध्यक्ष रहेको सर्वसम्मत नेतृत्व चयन गरेको छ ।

महासंघको जिल्ला उपाध्यक्षमा जुनु इजम र दीपा सुनाम,सचिवमा लाजरस लिम्बू,उपसचिवद्धयमा समिक्षा भट्टराई र दिपीका सुनाम, तथा कोषाध्यक्षमा आस्मी सावादिन चयन हुनु भएको छ । महासंघका सदस्यहरुमा दीक्षा सुनाम,मिसु इजम,डिना मादेन,सनिसा दर्जी,अनिसा इजम,मनिषा चापागाँई र मोहन खड्का रहनु भएको छ ।

राष्ट्रिय जनसाँस्कृतिक अभियानमा अभियान्ता एवम् अगुवा माधव प्रधानको प्रमुख आतिथ्यतमा भएको अधिबेशनमा नेकपा एमाले कोशी प्रदेश कमिटी अध्यक्ष तथा पाथीभरा याङवरक गाउँपालिका कमिटी इञ्चार्ज चित्राकुमारी चंसु प्रमुख बक्ता हुनुहुन्थ्यो । कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष राजेन्द्र श्रेष्ठको समेत उपस्थिति थियो ।

Similar Posts