बैशाख १८ बाट राष्ट्रिय युवा संघ ताप्लेजुङको जिल्ला अधिबेशन,लोगो पनि सार्वजनिक

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख १३ । बैशाख १८ र १९ मा हुने राष्ट्रिय युवा संघ नेपाल ताप्लेजुङको दशौं जिल्ला अधिबेशनको लोगो सार्वजनिक भएको छ ।

विश्वको तेस्रो अग्लो शिखर कञ्चजंघा,प्रसिद्ध शक्तिपीठ पाथीभरा र फक्ताङलुङ(कुम्भकर्ण)हिमाल र राष्ट्रिय फुल लालीगुराँसको आवरणमा दुर्लभजन्तु रेडपाण्डाको मस्टक प्रयोग गरी लोगो तयार गरिएको छ । लोगोमा युवा जनशक्तिको आकर्षण मानिएको फुटबल र भलिबलको संकेत पनि छ ।

राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष क्षितिज थेवेको प्रमुख आतिथ्यता तथा नेकपा एमालेका केन्द्रीय,प्रादेशिक र जिल्ला तहका नेताहरुको समुस्थितिमा जिल्ला अधिबेशन हुन लागेको राष्ट्रिय युवा संघ नेपाल ताप्लेजुङका संयोजक मानिक तुम्बाहाम्फेले जानकारी दिनुभयो ।

 

Similar Posts