सिदिङ्वामा प्रत्येक वडामा पुगेर सासुभत्ता बितरण हुँदै

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख १२ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले पालिकाका ७ वटै वडामा पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गर्न थालेको छ ।

शुक्रवार वडा नं १ कालिखोला र वठा नं २ सादेवाका लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता बितरण गरिने पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिवेन्द्र अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार बैशाख १४ गते वडा नं ३ आङखोपमा,१५ गते वडा नं ६ मेहेलेमा र १६ गते वडा नं ७ सुरुम्खिमका सेवाग्राहीलाई सामाजिक सुरक्षा भत्ता बितरण गरिने छ ।

वडा नं ४ साब्लाखु र वडा नं ५ लिम्बूदिनका लाभग्राहीले सिदिङ्वा गाउँपालिकामा रहेको लक्ष्मी सनराइज बैंकबाट कार्यालय सञ्चालन भएको जुनसुकै समयमा सामाजिक सुरक्षा भत्ता लिन सहजनै हुने भएकोले उल्लेखित दुईवटा वडाका लाभग्राहीहरुका लागि भने यसपटक शिविर सञ्चालन नगरिने पालिकाले जनाएको छ ।

Similar Posts