मदन मेमोरियल खुल्ला पुरूष फुटबलको उपाधि ताप्लेजुङस्थित सोधुङ सेन्दाङ समाजलाई

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख ११ । तेह्रथुमको आठराईमा सम्पन्न मदन मेमोरियल खुल्ला पुरूष फुटबल प्रतियोगिताको उपाधि ताप्लेजुङस्थित सोधुङ सेन्दाङ समाजले हात पारेको छ । महिलातर्फको उपाधि म्याङलुङ स्पोर्टिङ क्लब तेह्रथुमले सुरक्षित गरको छ ।

पुरूषतर्फको फाइनल खेलमा आठराई गाउँपालिका तेह्रथुमलाई १–० गोलले पराजित गर्दै ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकास्थित सोधुङ सेन्दाङ समाजले उपाधि जितेको हो । खेलको दोस्रो मिनेटमा कप्तान अनुप सेन्दाङले गरेको गोल नै निर्णायक गोल बन्दा सोधुङ सेन्दाङले तेह्रथुमबाट उपाधि ताप्लेजुङ भित्र्याएको छ । उपाधि संगै सोधुङ सेन्दाङले २ लाख ५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको मेलामा पुगेर फर्किनु भएका सोधुङ सेन्दाङका एक अगुवा तथा आठराई त्रिबेणी गाउँपालिका वडा नं २ फुलवारीका वडाध्यक्ष टेकिन्द्र सेन्दाङले जानकारी दिनुभयो ।

उपविजेता आठराई गाउँपालिकाले १ लाख ३० हजार ५ सय ५५ सहित ट्रफी, मेडल र प्रमाण पत्रमा प्राप्त गरेको छ । महिलातर्फको फाइनल खेलमा ताप्लेजुङको दोखु युवा क्लबलाई १–० गोलले पराजित गर्दै तेह्रथुमको म्याङलुङ स्पोर्टिङ क्लबले उपाधि जितेको छ । म्याङलुङका लागि केरेन लिम्बूले एकमात्र निर्णायक गोल गरिन् । उपाधि संगै म्याङलुङले ८० हजार ५ सय ५५ रुपैयाँ र उपविजेता दोखुले ५० हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफि,मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् आठराई गाउँपालिका र मदन धारा समितिको आर्थिकमा यसबर्षको मदन भेला भएको थियो ।

Similar Posts