मिक्वाखोलाले वडा–वडामै पुगेर बितरण गर्न थाल्यो सासु भत्ता

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख ९ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले चालु आर्थिक बर्षको दोस्रो चौमासिक अवधिको सामाजिक सुरक्षा भत्ता पालिकाका प्रत्येक वडामा पुगेर बितरण गर्न थालेको छ ।
पालिकाको केन्द्र वडा नं ४ साँवामै प्रभु बैंकको मिक्वाखोला शाखा रहेको र साँवाका लाभग्राहीले यहींबाट नियमित रुपमा सासुभत्ता बुझ्न सक्ने भएकोले पालिकाका अरु ४ वटा वडाका लाभग्राहीलाई प्रत्येक वडा पुगेर भत्ता बितरण गर्न थालिएको हो । मिक्वाखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिमल गौतमका अनुसार माघ,फागुन र चैत महिनाको सामाजिक सुरक्षा भत्ता प्रत्येक वडामा पुगेर बितरण गर्न थालिएको छ ।
गौतमका अनुसार बैशाख ७ गते वडा नं २ का लाभग्राहीलाई,८ गते वडा नं १ का लाभग्राहीलाई र ९ गते वडा नं ३ का लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता बितरण गरिएको छ । बैशाख १० गते मिक्वाखोला गाउँपालिका वडा नं ५ को पापुङस्थित वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता बितरण गरिने पालिकाले जनाएको छ ।