वाईसिएल फुङलिङ नगर कमिटीमा नयाँ नेतृत्व

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख ७ । नेकपा (माओवादी केन्द्र)को सहायक संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाईसिए) को तेस्रो फुङलिङ नगर अधिबेशनले भूपाल मादेन अध्यक्ष रहेको कमिटीमा सर्वसम्मत नेतृत्व चयन गरेको छ । मादेन जिल्ला समन्वय समितिका सदस्य समेत हुनुहुन्छ ।
वाईसिएल नेपाल ताप्लेजुङका संयोजक कैलाश मावो लिम्बूका अनुसार कमिटीको उपाध्यक्षत्रयमा सन्तोष गुरुङ, मञ्जुल निरौला र सल्मा गुरुङ,सचिवमा भगिमान लिम्बू,सह–सचिवत्रयमा मनकुमार भट्टराई,सञ्जिप रसाईली र लक्ष्मी निरौला र कोषाध्यक्षमा हिम्मत लुहार चयन हुनु भएको छ । कमिटी ४१ सदस्यीय रहेको वाईसिएल जिल्ला ईन्चार्ज होमकुमारी दियालीले जानकारी दिनुभयो ।
वाईसिएलले यसअघि मिक्वाखोला र फक्ताङलुङ गाउँपालिकामा पालिका अधिवेशन सम्पन्न गरिसकेको छ । हालसम्म ताप्लेजुङका ३० भन्दा बढी वडामा वडा अधिवेशन सकिएको जिल्ला संयोजक मावोले जानकारी दिनुभयो ।