नावालिकालाई जबजस्ती करणी गरेको अभियोगमा युवा पक्राउ

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख ३ । १२ बर्षिया एक नावालिकालाई शौचालय गएको मौकामा डरत्रास देखाई राति जबरजस्ति करणी गरेको अभियोगमा ताप्लेजुङका एक १९ बर्षे युवा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ परेका युवालाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४(३)बमोजिम ताप्लेजुङ जिल्ला अदालतबाट ७ दिनको म्याद लिई अनुसनधान सुरु गरिएको छ । प्रहरीले युवाको नाम,थर र वतन खुलाएको छैन ।