लोकतान्त्रिक आदिवासी जनजाति महासंघमा गुरुङ

उज्यालो पोष्ट
ताप्लेजुङ,चैत ३० । नेकपा एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघ ताप्लेजुङको अध्यक्षमा दुर्गाप्रसाद गुरुङसहित जिल्ला कमिटीमा सर्वसम्मत नेतृत्व चयन भएको छ ।

महासंघका निवर्तमान जिल्ला अध्यक्ष गजेन्द्र थलङका अनुसार कमिटी उपाध्यक्षद्धयमा अर्जुन आङबुहाङ र अनिता सुब्बा,सचिवमा पदम राई,उपसचिवद्धयमा अस्मित लिवाङ र लाक्पा शेर्पा तथा कोषाध्यक्षमा मंगलसिंह थलङ चयन हुनु भएको छ । एमाले केन्द्रीय सचिव तथा प्रतिनिधिसभाका सदस्य योगेशकुमार भट्टराई प्रमुख वक्ता रहनु भएको कार्यक्रममा एमाले केन्द्रीय सदस्य टंक आङबुहाङ अतिथी बक्ता रहनु भएको थियो ।

लोकतान्त्रिक आदिवासी जनजाति महासंघका केन्द्रीय सचिव कृष्णराज लिम्बूको उपस्थितिमा भएको कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य तथा पाथीभरा याङवरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा,एमाले जिल्ला सचिव सन्तोष चाम्लिङ र एमाले जिल्ला कमिटी उपसचिव गोपाल न्यौपाने सहितको उपस्थिति रहेको थियो ।

Similar Posts