|

जबरजस्ती करणी गर्न खोजेको आरोपमा पक्राउ

-उज्यालो पोष्ट
ताप्लेजुङ, चैत २७ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा जबरजस्ती करणी गर्न खोजेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । प्रहरीका अनुसार ५१ वर्षीया महिलालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा बुधबार ४३ वर्षीय पुरुष पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक रोहितकुमार शर्मा बढइका अनुसार पीडितले मंगलबार दिएको जाहेरीको आधारमा आरोपित पुरुष पक्राउ परेका हुन् । आरोपित पुरुषले मादक पदार्थ सेवन गरी गएको बिहीबार दिउँसो महिलालाई जबरजस्ती भुइँमा लडाएर करणी गर्न खोजेका थिए ।
पीडितको जाहेरीपछि खोजतलास गर्ने क्रममा आरोपित पुरुषलाई फुङ्लिङ क्षेत्रबाटै पक्राउ गरिएको प्रहरी निरीक्षक शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेका पुरुषउपर ताप्लेजुङ जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

Similar Posts