आठराई त्रिबेणीद्धारा जेष्ठ नागरिकका घरघरमै पुगेर स्वास्थ्य परीक्षण तथा औषधि प्रदान

उज्यालो पोष्ट
ताप्लेजुङ,चैत २१ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले नागरिक आरोग्य सेवा केन्द्रमार्फत ७० बर्ष माथिका १ सय ९ जेष्ठ नागरिकहरुको घरघरमै पुगी स्वास्थ्य परीक्षण गरेको छ ।

गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)का अनुसार पालिकामा रहेको नागरिक आरोग्य सेवा केन्द्रमार्फत स्वास्थ्य परीक्षण संगै सेवाग्राहीलाई बिभिन्न प्रकारका आर्युबेदिक सेवा प्रदान भएको छ ।

नागरिक आरोग्य सेवा केन्द्रमार्फत ८ जना जेष्ठ नागरिकलाई औषधि तथा पोषकतत्वले भरिएका सामाग्री बितरण समेत गरिएको पालिकाले जनाएको छ ।

 

Similar Posts