माओवादी केन्द्र मेरिङ्देन अध्यक्षमा सुजन लिम्बू

-उज्यालो पोष्ट
ताप्लेजुङ, चैत १६ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकास्थित नेकपा (माओवादी केन्द्र) को पालिका कमिटी अध्यक्षमा सुजन लिम्बू निर्वाचित हुनुभएको छ । शनिवार सम्पन्न पालिका कमिटीको तेस्रो अधिवेशनले लिम्बू अध्यक्ष रहेको ४५ सदस्यीय पालिका कमिटी निर्विरोध निर्वाचित गरेको हो ।
लिम्बू माओवादी केन्द्र मेरिङ्देन पालिका कमिटीको अध्यक्षमा दोस्रो कार्यकालका लागि चयन हुनुभएको हो । कमिटीको उपाध्यक्षमा साम्याङ शेर्पा, विवेक लिम्बू र अमृता मगर, सचिव पासाङ शेर्पा, सहसचिव अनिषा विक र कोषाध्यक्षमा प्रकाश नाल्बो चयन हुनुभएको छ ।
यस्तै मनकुमारी थोप्रा अध्यक्ष रहेको २३ सदस्यीय अनेमसंघ (क्रान्तिकारी) र रोदन लोहार अध्यक्ष रहेको १५ सदस्यीय दलित राष्ट्रिय मुक्ति मोर्चाको पालिका कमिटी पनि चयन गरिएको माओवादी केन्द्रले जनाएको छ । माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्यद्वय मिङ्माडण्डु शेर्पा, पर्शु कार्की, जिल्ला संयोजक विष्णुकुमार लिम्बू लगायतको उपस्थितिमा पालिका अधिवेशन सम्पन्न भएको बताइएको छ ।