काठमाडौंबाट हराएका ल्यापटप र आईफोन सहितका सामान प्रहरीद्धारा ताप्लेजुङमा फेला,आफन्तलाई बुझाईयो

उज्यालो पोष्ट
ताप्लेजुङ,चैत १५ । काठमाडौबाट हराएको ल्यापटप तथा आईफोन सहितका सामग्री ताप्लेजुङ प्रहरीले फेला पारी सम्वन्धित धनीलाई बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी) रवि रावलका अनुसार डेल कम्पनीको ल्यापटप एकथान,आईफोन–१६ प्रोम्याक्स एकथान र सामसुङ कम्पनीको एस–२४ अल्ट्रा स्मार्ट फोन एकथान सम्वन्धित धनीलाई बुझाईएको छ । उक्त सामग्री काठमाडौं टोखा नगरपालिका वडा नं १ गोंगवु बस्ने रामबहादुर तामाङको रहेको प्रहरीले बताएको छ ।
काठमाडौबाट हराएको उक्त सामान ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका अन्र्तगतका क्षेत्रमा प्रयोग भइरहेको सुक्ष्म अनुसन्धानबाट पत्ता लागेपछि इलाका प्रहरी कार्यालय तेल्लोकबाट खटिएको प्रहरी टोलीले ति सामान फेला पारेपछि सामान धनी तामाङका भतिज नाता पर्ने सुरेन्द्र मोक्तान तामाङलाई जिम्मा बुझाईएको समेत प्रहरीले जनाएको छ ।