एसईईमा ताप्लेजुङका १७ केन्द्रमध्ये दुईकेन्द्रका केन्द्राध्यक्ष महिला(को–को हुन् केन्द्राध्यक्ष,सूची सहित)

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत ६ । चैत ७ गते देखि हुने माध्यमिक शिक्षा परीक्षा(एसईई)का लागि ताप्लेजुङका दुईवटा परीक्षा केन्द्रका केन्द्राध्यक्ष महिला हुने भएका छन् ।

शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङका प्रमुख युगमणि सवेहाङका अनुसार १७ केन्द्रमध्ये दुईवटा केन्द्रका केन्द्राध्यक्ष महिला हुनेछन् । सवेहाङका अनुसार थेचम्बुु माध्यमिक बिद्यालय परीक्षा केन्द्रमा मनसुन लावती र सरस्वती माध्यमिक बिद्यालय हाङपाङमा प्रमिला भण्डारी बस्नेत महिला केन्द्राध्यक्ष हुनुहुनेछ।

सवेहाङका अनुसार बासुसं मावि मेदिवुङ परीक्षा केन्द्रमा युवराज बस्नेत,भानुजन मावि परीक्षा केन्द्रमा किशोरकुमार राई,सिँवा मावि लिङखिम परीक्षा केन्द्रमा ओमनाथ गौतम र युवाबर्ष मावि कैंजले परीक्षा केन्द्रमा चन्द्रमणि पौडेल केन्द्राध्यक्ष हुनुहुनेछ । यस्तै सिद्धकाली मावि दोखु परीक्षा केन्द्रमा अमरकुमार राई,जनता मावि हाङदेवा परीक्षा केन्द्रमा रामबहादुर गुरुङ,मोति मावि खोक्लिङ केन्द्रमा केबुहाङ लिम्बू,त्रिभुन मावि थुकिमा परीक्षा केन्द्रमा कमल चेम्जोङ,सिनाम मावि परीक्षा केन्द्रमा तुलसीराम पोखरेल,तेल्लोक मावि परीक्षा केन्द्रमा रुकमान थेवे,गणेश मावि खेवाङ परीक्षा केन्द्रमा रामकुमार लिम्बू र भञ्ज्याङ मावि लिम्बूदिन परीक्षा केन्द्रमा राजेन्द्र इदिङ्गो लिम्बू केन्द्राध्यक्ष हुनुहुनेछ ।

मैवाखोला मावि तेम्बे परीक्षा केन्द्रमा भक्तबहादुर लिम्बू,दुर्गा मावि फुलवारी परीक्षा केन्द्रमा कुलप्रसाद भट्टराई र सरस्वती मावि तापेथोक परीक्षा केन्द्रमा चन्द्रमणि केदेम लिम्बू केन्द्राध्यक्ष हुनुहुने शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङले जनाएको छ । ताप्लेजुङमा यसबर्ष साधारणतर्फ १ हजार ४ सय १५ जना नियमित तथा ७ सय १० जना ग्रेडबृद्धि र प्राविधिकधारतर्फ १ सय २२ नियमित र २५ ग्रेडबृद्धि गरी कुल २ हजार २ सय ७२ परीक्षार्थीले एसईई परीक्षा लेख्दैछन् ।

 

Similar Posts