| |

सांस्कृतिक महासंघ जिल्ला अध्यक्षमा शेर्पा चयन

-उज्यालो पोष्ट
ताप्लेजुङ, चैत ३ । नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक महासंघ ताप्लेजुङ अध्यक्षमा पेम्बा शेर्पा चयन हुनुभएको छ । महासंघको तेस्रो जिल्ला अधिवेशनले शेर्पा अध्यक्ष रहेको ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
शेर्पा सदरमुकाम फुङ्लिङस्थित कुन्साङ डान्स सेन्टरका सञ्चालक हुनुहुन्छ भने विभिन्न म्युजिक भिडियोमा अभिनय गर्दै आउनुभएको छ । यस्तै कार्यसमिति उपाध्यक्षमा प्रीति थलङ, सचिवमा विद्या देवान र कोषाध्यक्षमा इन्द्रकला तामाङ चयन हुनुभएको छ ।
जिल्ला अधिवेशनले खगेन्द्र यक्सो, दिनेश माङ्मु, शंकर श्रेष्ठ, महेन्द्र राई, पासाङकिपा शेर्पा र पदेनमा पेम्बा शेर्पालाई महाधिवेशन प्रतिनिधिमा चयन गरेको छ । प्रदेश प्रतिनिधिमा भने पदम राई, मिलन चाम्लिङ, संगीता खिम्दिङ, इन्द्रकला तामाङ, लोकेन्द्र याक्सो र प्रीति थलङ चयन हुनुभएको छ ।
महासङ्घको जिल्ला अधिवेशन नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोमा भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । यस्तै सांकृतिक महासंघका केन्द्रीय सदस्य बालकृष्ण निरौला, कोशी प्रदेश कार्यसमिति अध्यक्ष चिरञ्जीवी बस्नेत, नेपाली काँग्रेस ताप्लेजुङका सभापति गजेन्द्रप्रसाद तुम्याहाङ लगायतका नेतृत्वको अधिवेशनमा उपस्थिति रहेको थियो ।

Similar Posts