साँघुमा हुने रछ मेमोरियल पुरुष फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक

उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन ९ । ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित साँघुमा आयोजना हुने रछ मेमोरियल पुरुष फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

महाशिवरात्री पर्वको अवसरमा फागुन १३ गते देखि हुने प्रतियोगिताको पहिलो खेलमा माछापोखरी हिटी क्लव ताप्लेजुङले इन्ट्रा पथरी ११ फुटबल क्लव मोरङको सामना गर्ने आयोजक जलजले क्लव साँघुका अध्यक्ष रुपनारायण घिमिरेले जानकारी दिनुभयो । सोहि दिन हुने दोस्रो खेलमा आयोजक जलजले क्लवको भिडन्त तेह्रथुमको म्याङलुङ स्पोर्टिङ क्लवसंग हुने छ ।

१४ गते हुने पहिलो खेलमा मैवाखोला गाउँपालिकाको टिम र धरान सिटी फुटबल क्लव धरान आमने सामने हुनेछन् । दोस्रो खेलमा मरिक फुटबल क्लव धरानको टिमले साँघुरी गढी फुटबल क्लव धनकुटासंग भिडन्त गर्ने छ । महाशिवरात्री पर्वकै अवसरमा पालिका स्तरीय महिला फुटबल र पुरुष ब्याडमिन्टनतर्फ एकल र युगल खेल समेत सञ्चालन हुने खेल तथा टिम व्यवस्थापन संयोजक मनोज लिम्बूले जानकारी दिनुभयो ।

Similar Posts