कुटपिट गरी हत्या गरेको अभियोगमा एक युवक पक्राउ

उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन ६ । छिमेकीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा ताप्लेजुङ प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी विवेक बस्नेतका अनुसार फक्ताङलुङ गाउँपालिका वडा नं ४ इखाबुका २२ बर्षिय सुवास लिम्बू पक्राउ परेका छन् । उनीमाथि फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४ बमोजिम ज्यान सम्वन्धी कसुरमा ताप्लेजुङ जिल्ला अदालतबाट ७ दिनको म्याद लिई अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

इखाबु खुपातालका छत्रबहादुर लिम्बूको सुद्धाई कार्यमा निज सुवासले स्थानीय ५६ बर्षिय बृखबहादुर लिम्बूलाई मुक्काले टाउकोको सम्बेदनशिल अंगमा प्रहार गरी घाइते बनाएको र निज बृखबहादुरको सोहि चोट पींडाका कारण मृत्यु भएको भन्ने सूचनाका आधारमा प्रहरीले सुवासलाई पक्राउ गरेको जनाएको छ । शवको पोष्टमार्टम सहितका प्रकृया पूरा गरी परिवारलाई जिम्मा लगाएको समेत प्रहरीले जनाएको छ ।

Similar Posts