सिस्नेखोला–सिँवा बजार सडक खण्ड फागुन ६ देखि १० गते सम्म बन्द हुने

उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन ५ । पहरा फुटाई बाटो बनाउने प्रयोजनका लागि ताप्लेजुङ सदरमुकाम फुङलिङदेखि फक्ताङलुङ गाउँपालिका जोड्ने सिस्नेखोला–सिँवा बजार सडक खण्ड फागुन ६ गते देखि ५ दिनलाई बन्द हुने भएको छ ।
फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)ले उक्त सडक खण्ड फागुन ६ गते मंगलवार देखि फागुन १० गते सम्म हरेक दिन बिहान ९ बजे देखि अपरान्ह ४ बजे सम्म बन्द हुने जानकारी दिनुभयो ।
तमोर करिडोर अन्तरगतको उक्त सडक खण्डमा पहरा बिष्फोट गराई बाटो निर्माण गर्नुपर्ने देखिएको पालिकाले जनाएको छ । बाटो निर्माण कार्यका लागि पहरा बिष्फोट(ब्लाष्टिङ)गराउनुपर्ने पालिकाले बताएको छ ।
पालिकाले बाटो अबरुद्ध हुने समयमा यातायातका साधनहरुलाई वैकल्पिक मार्ग प्रयोग गर्न वा बिहान ९ बजे अघि र अपरान्ह ४ बजे पछिको समयमा यात्रा गर्न आग्रह गरेको छ ।